,

WIJAYINEE by DIPA DAHALI, Storycollection Books, Paperback, Published By Sangrila Books


 375.00

दिपा दाहालकृत पहिलो कथासङ्ग्रह हो, विजयिनी । यसमा नयाँ समय र नयाँ चेतनाका कथा सङ्ग्रहीत छन् । यि कथाले समाजमा विद्यमान विभेद, असमानता, शोषण, उत्पीडन विरूद्ध विद्रोहको झिल्का सल्काएका छन् अनि स्वतन्त्रता र समानताको ज्वलन्त आवाज उठाएका छन् ।
अधिकांश कथाका मुख्य पात्र सीमान्त समुदाय, त्यसका पनि निम्न मध्यम वर्गीय महिला छन् । तिनले जिउने क्रममा झेलेका पितृसत्तात्मक हिंसा र त्यसबाट बाहिर निस्कन गरेका कठिन सङ्घर्षलाई कथाको बान्की दिइएको छ । हाम्रो सामाजिक संरचनाले महिलालाई विवाहपूर्व वा विवाहपश्चात् कसरी गाँजेर राखेको छ भन्ने छर्लङ्ग देखाउन यी कथा अत्यन्त सफल छन् ।
विषयवस्तुमा विविधता, विचारमा सुस्पष्टता, सरल र सहज भाषिक विन्यास, सुरुवातदेखि समापनसम्म बाँधेर राख्ने चित्ताकर्षक शैली अनि सम्प्रेषणीय कथावाचनका कारण विजयिनी आद्योपान्त पठनीय र महत्त्वपूर्ण कथासङ्ग्रह साबित भएको छ । यसमार्फत दिपा दाहालको कथाकारिताले आख्यान साहित्यमा उज्यालो आगतको स्पष्ट सङ्केत गरेको छ ।

SKU: 460345321_NP-2062794234 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “WIJAYINEE by DIPA DAHALI, Storycollection Books, Paperback, Published By Sangrila Books”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...