,

PANCHATTATVAKO PALAM, by MANPRASAD SUBBA, Poems, Publishers – Page Turner


 225.00

‘पञ्चतत्त्वको पालाम’ मनप्रसाद सुब्बाभित्रको गतिशील कविको युगसापेक्षित परिवर्तनको प्रमाणपत्र हो । कवि सुब्बाले विविध दशकमा कविता लेखे, तर तर्क र विचारको एउटै फेरोलाई समातेर कहिल्यै उभिएनन् । परिवर्तित समयका परिवर्तित
मूल्य र आग्रहहरू उनको कविताका विषय हुने गरेका छन् । ‘पालाम’ मा उनले पञ्चतत्त्व, यानि आकाश, अग्नि, हावा, पानी र धरतीलाई हेर्न अति- मानवीकृत दृष्टिकोणको विनिर्माण गरेका छन् । कतै तिनको मानवीकरण गरेर त कतै एउटा संवेदनशील चिन्तकको चिन्ताको विषय बनाएर उनले यी तत्त्वहरूको शाश्वत मूल्य, जीवनका लागि तिनको अपरिहार्यता, र मान्छेका असंवेदनशील र स्वार्थपूर्ण कुकृत्यका कारण तिनका पर्दै गएको नकारात्मक असर बारे पाठकलाई सचेत गराउने प्रचेष्टा गरेका छन् । संवादात्मक, आख्यानात्मक र प्रयोगशील शिल्प र शैलीका उनका कविता सर्वथा उत्तरवर्ती कविता हुन् र तिनले वातावरणजस्तो वैश्विक महत्त्वको कुरालाई स्थानीय विश्वासधारा र बिम्बविधानको बलमा उभ्याएका छन् । मान्छे र प्रकृतिको सम्बन्धमा अग्घोर असन्तुलन भइरहेको, र यसबाट प्राणीजगतको भविष्य नै अन्योलग्रस्त बनेको आजको ‘तातो’ युगमा सुब्बाका यी कविता, एक प्रकारले वातावरणीय आन्दोलनका शीतल घटक पनि हुन् ।
– महेश पौड्याल

SKU: 454932128_NP-2011095789 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “PANCHATTATVAKO PALAM, by MANPRASAD SUBBA, Poems, Publishers – Page Turner”


There are no reviews yet.

Vendor Information

Shopping cart0
There are no products in the cart!
You may be interested in…
Continue shopping
0

Select at least 2 products
to compare

Share to...