जीवनभरि सपना देखेँ, सोचें, बोलें, लेखें र लेखेको गरेँ, सधै आफूलाई नायक ठानँ तर जब सफलताको एक्स-रे गरेँ, तब थाहा भयो मेरो गहिरो जग त माँ र बाको सङ्घर्ष र संस्कारले निर्माण गरेको रहेछ । यहीँबाट सुरू हुन्छ, मेरो जीवनको कथा… एकरात मैले आमालाई सपनामा देखें- उहाँ झलझलाउँदो रूपमा मसँगै खाटमा बस्नु भयो । गालामा सुमसुम्याउँदै भन्नुभयो, “पुटा, यति अबेरसम्म काम नगर्नु, तिमी पनि बुढो भइसक्यौ ।” म चकित हुँदै भनेँ, “माँ ! तपाईं त बित्नुभएको होइन र ?” त्यतिखेरै सपना टुट्यो, र मलाई अफसोच लाग्यो- मैले त्यो प्रश्न किन गरेँ ? अन्तर्द्वन्द्वका क्षणहरु असह्य थिए । म सबैको कुरा सुन्थेँ तर मौन नै बस्थेँ । भित्रभित्रै हृदय र मस्तिष्कबीच भीषण द्वन्द्व चलिरहेको थियो । एकातिर माया र पारिवारिक जिम्मेवारी, अर्कोतिर प्रेमिल सम्बन्ध र नयाँ भविष्यको मोह । यही दोधारमा टिकिरहनु नै मेरा लागि सबैभन्दा ठूलो चुनौती बन्यो…. संसारको जुनसुकै कुनामा भाग्य खोज्न गए पनि, जीवनको साँचो खजाना आफ्नै घरको आँगनमै लुकेको हुन्छ । यो केवल साहित्यिक अभिव्यक्ति होइन, जीवनको यथार्थ हो…
Based on 0 reviews
Be the first to review “MAA BAA BY KARNA SAKYA, Non-Fiction Books, Paperback, Published By Paninibooks”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.