KSHITIJA AAMA RA DHARATEE BY SARASWATI GYAWALEE, Memoir Books, Paperback, Published By Sangrila Books
₨ 395.00
….म शिथिल भएर चिसो भुइँमा नै पल्टेकी थिएँ । बच्चा जन्मेपछि भुइँमा पल्टेको पल्ट्यै मैले लामो सुस्केरासहित सन्तोषको सास फेरें । लामो पीडादायी सङ्घर्षपछि भर्खरै जुन बच्चालाई मैले जन्माएकी थिएँ, त्यो बच्चा केवल एक नवजात शिशु मात्रै थिएन, त्यो त उनको र मेरो चिरप्रतीक्षित सपनाको प्रतिरूप थियो । त्यो हाम्रो आशाको आकाशको तारा थियो । त्यो हाम्रो भविष्यको सहारा थियो । त्यो मेरो विगत आठ महिनादेखिको मात्रै होइन, जीवनभरिको साथी थियो । त्यो मेरो रगत थियो । मेरो कलेजोको टुक्रा र मुटुको धड्कन थियो । मैले अचानक छातीभित्र कतै मातृवात्सल्यको महासागर उर्लेजस्तो अनुभव गरेँ । बडो अनुरागले मैले मेरो पहिलो सन्तानलाई हेरेँ । जन्मिएपछि च्याँ च्याँ गर्दै रोएर घरभरि एउटा अनुपम सङ्गीत छर्नु पर्ने शिशुमा केही चालचुलै छैन त ! मलाई मेरो शरीरमा हजारौं जहरिला सर्पहरू घिस्रिएजस्तो अनुभूति भयो….
Based on 0 reviews
Be the first to review “KSHITIJA AAMA RA DHARATEE BY SARASWATI GYAWALEE, Memoir Books, Paperback, Published By Sangrila Books”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.