,

Chhorile Janmayeka Aamahru (Nepali) by Manju Thapa


₨ 800.00

आमाहरू युगौंदेखि राज्य निर्माण, समाज निर्माण र परिवारलाई समेट्ने काममा होमिँदै आएका छन् । तर उनीहरूले राष्ट्र-निर्माणमा गरेको योगदानबारे न कुनै राष्ट्रिय इतिहासमा उल्लेख गरिएको पाइन्छ, न उनीहरूका घरेलु श्रम र समर्पणबारे सराहना गरेको देखिन्छ । छोरीहरूले लेखेका यी कथाहरू निजी र सार्वजनिक स्पेसमा आमाहरूले गर्दै आएका गोचर र अगोचर सङ्घर्ष, श्रम र योगदान देखाउने आँखीझ्याल हुन् । आमाहरूको जीवनकथा लेखनबिना महिलाहरूको इतिहासको अपूरो लेखन मात्रै हुन्छ । नेपाली इतिहास लेखनमा छोरीले जन्माएका आमाहरू कृति हर-स्टोरी डक्युमेन्टेसनकै अर्को खुड्किला हो । यो आमाहरूको जीवनगाथा र महिलासम्बन्धी इतिहास लेखनको सम्मिश्रण हो र महिलाहरूको योगदानलाई सम्मान गर्दै त्यसलाई अजर-अमर तुल्याउने अभियानको एक अंश पनि हो । पुस्तकमा आमाहरूको जीवनका विभिन्न पक्षहरूको चर्चा गरिएको छ । पुस्तक ती आमाहरूको व्यक्तिगत जीवनी हो, उहाँहरू बाँचेको समाजको कथा हो, त्यतिबेलाको महिला-पुरुष अवस्थाको चित्रण हो, आमाछोरीका सम्बन्धको संस्मरण हो, र हजुरआमा-आमा-छोरी-नातिनीहरूको अन्तरपुस्ता नालीबेली पनि हो ।

SKU: 1543410609_NP-12356961709 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Chhorile Janmayeka Aamahru (Nepali) by Manju Thapa”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...