महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे उनका छोरा पद्म देवकोटाले लेखेको पुस्तक सम्झनामा बुबा महाकवि देवकोटा एउटा छोराको दृष्टिमा बुबाको सूक्ष्म वीक्षण हो । आफू तोते बोल्ने समयमा पिताजीबाट पाएको लाडप्यारदेखि महाकविका अनेकौं रोचक घटना र किस्सा यसमा समेटिएका छन् । यस पुस्तकमा महाकविका छोराले अनुभव, अध्ययन र सुनेबुझेका आधारमा आफ्ना बुबाप्रतिको दृष्टिकोण राखेका छन् । आफू आठ वर्षको हुँदा नै बुबा गुमाउँदा पनि बालपुत्रमा बुबासँगका थुप्रै अनुभव सँगालिएका छन् । अनेक संस्मरण लेखेका भनेका पनि छन् । सालपिच्छेजसो निस्कने स्मारिका र विशेषाङ्कमा समेत देवकोटाबारे लेख-रचना छापिइरहन्छन् । तर यो पुस्तक ती सबैभन्दा पृथक् छ, जसले हामीले थाहा नपाएका प्रसङ्ग पनि उजागर गरिदिन्छ ।
Based on 0 reviews
Be the first to review “Samjhanama Buwa Mahakavi Devkota By Padma Devkota”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!















There are no reviews yet.