Bhagavan Bhanuhunchha: Bhagabadgita (Nepali) by Bhuchandra Vaidya


₨ 899.00

संसारका सर्वाधिक लोकप्रिय आध्यात्मिक ग्रन्थमध्येको हो भगवद्गीता । जति पढे पनि पढूँ पढूँ, पढिरहूँ लाग्ने कालजयी कृति हो गीता । अहिले तपाईंको हातमा परेको यो पुस्तक गीता सम्बन्धी नेपाली भाषामा लेखिएको डा. भूचन्द्र बैद्यको गहनतम कृतिको तेश्रो, परिमार्जित प्रस्तुति हो । यसमा महाभारतको कथा- सार दिइएको छ, गीताका अठारै अध्यायको सार-संक्षेप बताइएको छ, गीताको अमर सन्देश सजिलै बुझ्न सकिने शैलीमा प्रस्तुत गरिएको छ, र गीताका श्लोकलाई गाउन मिल्ने किसिमले सरल नेपाली बोलीमा लेखिएको छ । मूल श्लोक पनि पढ्न चाहनेका लागि यहाँ संस्कृत श्लोक पनि समावेश गरिएको छ । I भक्तपुरमा जन्म भई नेपाल र भारतमा अध्ययन गरेका डा. भूचन्द्र बैद्य एक ताका त्रिभुवन विश्वविद्यालय, केन्द्रिय अर्थशास्त्र विभागका प्राध्यापक एवं प्रमुख थिए । उनले केही समय देश-विदेशमा शिक्षा योजनाकार तथा मानव विकाश अर्थशास्त्रीका रूपमा कार्य गरे । तत्पश्चात् उनी पेशागत जीवनबाट स्वेच्छाले अवकाश लिई आध्यात्मिक विषयतर्फ आकर्षित हुन पुगे । अर्थशास्त्र र शिक्षासम्बन्धी उनका पुस्तक, लेख आदि देश-विदेशमा छापिएका छन् । यो पुस्तकबाहेक उनका Essence of the Gita, भगवद्गीता The Song Supreme, हे कृष्ण !, र सियाराम कथा धेरै चर्चित भएका छन् ।

SKU: 1516673837_NP-12328579586 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Bhagavan Bhanuhunchha: Bhagabadgita (Nepali) by Bhuchandra Vaidya”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
4.2 Liter Air Fryer
₨ 12,680.00 ₨ 13,340.00
4 Liter Air Fryer
₨ 13,870.00 ₨ 14,600.00
Continue shopping
0

Select at least 2 products
to compare

Share to...