तनहुँमा बीपीलाई गोर्खा परिषद्का कार्यकर्ताले कालो झण्डा देखाए ! लमजुङमा भरतशमशेर बोल्दा माइक खोसियो ! धादिङमा गणेशमान सिंहको मुहारमा मोसो दलियो ! चुनावपछि राजाले मार्ने भयले बीपी बन्दुक बोकेर हिँड्थे !
वि.सं. २०१५ फागुन ७ गतेबाट सुरु भएको नेपालको पहिलो संसदीय निर्वाचनबारे साङ्गोपाङ्गो चर्चा गरिएको पुस्तक हो- पहिलो आमनिर्वाचन २०१५ | चुनाव जितेका छ दलका चुनावी घोषणापत्रका पूर्णपाठ, चुनावका मुद्धा, चुनावी चहलपहल र परिणाममा जित्ने/हार्ने दुवै पक्षका उम्मेदवारको चुनावी अङ्कगणितलगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चाको प्रसङ्ग पुस्तकमा छन् । सो ऐतिहासिक चुनावमा मतदाता, बुथ प्रतिनिधि, उम्मेदवार र पत्रकार भएर सहभागी भएका व्यक्तिसँगको कुराकानीले पुस्तक इतिहासमा आसिन तथ्य र तथ्याङ्कमा मात्रै सीमित छैन, जीवित इतिहासका पात्रसँग पनि फैलिएको छ । नेपाली राजनीतिमा चासो राख्ने जोसुकै व्यक्ति, अध्येता र विद्यार्थीका लागि यो पुस्तक सन्दर्भ स्रोत बन्नेछ ।
Based on 0 reviews
Be the first to review “Pahilo aamnirvachan 2015 (Nepali) by Birat Anupam”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.