कविता लेख्नु एउटा कुरा हो तर कवि नै हुनु अर्को कुरा । सुदूर अतीतमा भेटिएका उमेश उहिले पनि कवि थिए र अहिले पनि । आँखामा सुकोमल सपना, हृदयमा मानवकल्याणको कामना र कर्ममा उज्याला कविता बोकेर हिँडिरहेको एक विनयी कवि | मन छुने विम्बहरूले भरिएका र शान्त भाषामा संवाद गर्ने उनका कविताले पाठकीय हृदयलाई असीम शीतलता प्रदान गर्छन्, आत्मिक शान्ति प्रवाह गर्छन् । यो सङ्ग्रहको भावयात्रा गरिरहँदा अनेकन् पल्ट लाग्छ- यस्तो पो कविता ! ‘सायद किनाराहरू सँगै उभिएको कविलाई मेरा अनन्त शुभकामनाहरू ! यो अक्षरयात्रा अविराम रहोस् – शुभ यात्रा ! रमेश क्षितिज
Based on 0 reviews
Be the first to review “SAYAD KINARAHARU BY UMESH AKINCHAN”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!


















There are no reviews yet.